काठमाडौँ । स्कटल्यान्डमा जारी त्रिदेशीय टी– २० क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १५३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन मात्र जोड्यो ।
नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिएको खेलमा तल्लोक्रममा सकिब जुल्फिकरले आक्रामक ब्याटिङ गरेपछि नेदरल्यान्ड्सले १ सय ५० रनको आँकडा पार गरेको थियो ।




