देश

राजनीतिक दलहरुले सकारात्मक सन्देश दिन सक्नुपर्छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं कांग्रेस नेता प्रदीप पौडेलले राजनीतिक दलहरुले सकारात्मक सन्देश दिनसके मात्रै लोकप्रिय बनिने बताएका छन् ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आज सानो त्रुटीले मात्रै पनि निर्वाचनमा जनमत र पार्टीको लोकप्रियता घट्ने अवस्था रहेको बताए । यसबारेमा नेतृत्व गम्भीर बन्न नसकेको उनको आरोप छ । अहिलेको समय प्रविधिकरणको भएकाले भौतिक रुपमा भेटेरै सबै कुरा गर्नुपर्छ भन्ने नरहेको बताए ।

कांग्रेस पार्टीको केन्द्रिय समितिले गर्ने निर्णयले पार्टी लोकप्रिय हुने, आलोचित हुने, पार्टीको विषयहरुमाथि टिका टिप्पणीहरु हुने वा नहुने स्थिति निर्माण हुने बताए ।

मन्त्री पौडेलले निजी क्षेत्रलाई सम्पूर्ण रुपमा बेवास्ता गरेर आर्थिक उन्नति गर्न नसकिने बताए । आर्थिक विषय नजोडिएको राजनीतिक विषय हुन नसक्ने जिकिर गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *