विश्व

इरानद्वारा इजरायलतर्फ १०० ड्रोन प्रक्षेपण, खामेनीले कठोर सजायको चेतावनी

काठमाडौं। इरानले शुक्रबार बिहान इजरायलतर्फ करिब १०० ड्रोन प्रक्षेपण गरेको छ ।इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार तीमध्ये धेरैलाई आकासमा नै रोकिएको छ ।

उता, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलले कठोर सजाय भोग्नु पर्ने र सैन्य बलहरूले उनीहरूलाई सजाय दिने बताएका छन्।

इरानको विदेश मन्त्रालयले आफ्नो सशस्त्र सेनाले पूर्ण शक्तिका साथ इरानको सार्वभौमसत्ताको रक्षा गर्न र आफूले उपयुक्त ठानेको तरिकामा हिचकिचाउने छैन् भनेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *