देश

प्रतिनिधि सभाको बैठक आज १ बजे, भिजिट भिसा प्रकरणमा सहमति नजिक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराहन्न १ बजेदेखि बैठक बस्दैछ ।

 

भिजिट भिसा प्रकरणमा दलहरु सहमति नजिक पुगेको र आज सहमति भएर संसद सुचारु हुने दाबि गरिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सहमति गरेर तोकिएको समयमै संसद सुचारु हुने दाबि गरेका छन् ।

आजको बैठकमा जेठ १५ गते प्रस्तुत गरिएको बजेटमाथिको छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *