
काठमाडौं । भारतको अहमदाबादमा बिहीबार भएको एयर इन्डियाको बोइङ ७८७ विमान दुर्घटनामा सवार २४२ जनाकै मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये १० जना चालक दलका सदस्य र २३२ जना यात्री थिए।
दुर्घटनामा मृत्यु हुनेमा भारतीय नागरिक ः १६९,बेलायती नागरिक ः५३,पोर्चुगिज नागरिकः ७, क्यानेडियन नागरिक १ रहेका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार, विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार थिए, तर हालसम्म उनको अवस्था पुष्टि हुन सकेको छैन। नम्बरको उक्त ड्रीमलाइनर विमान दिउँसो १ ः३८ बजे अहमदाबादबाट लन्डन गेटविकका लागि उडेको थियो, तर केवल दुई मिनेटमै दुर्घटनामा परेको हो। विमान सिभिल अस्पताल नजिकको होस्टेल क्षेत्रमा खसेको थियो, जहाँ ठूलो क्षति भएको छ।
सुरक्षाका लागि अत्याधुनिक मानिने बोइङ ७८७ ड्रीमलाइनरको दुर्घटनाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी भए पनि प्रारम्भिक अनुसन्धानले मौसम अनुकूल रहेको र प्राविधिक समस्या हुनसक्ने देखाएको छ।
लण्डन जान लागेकी एक युवती १० मिनेट ढिला हुँदा एयर इन्डियाको भीषण विमान दुर्घटनाबाट संयोगले ज्यान जोगाउन सफल भएकी छन्।रिपब्लिक टिभीको रिपोर्ट अनुसार, भूमि चौहान ट्राफिकमा फसेर फ्लाइट छुटेको कारण दुर्घटनाग्रस्त भएको एआई-१७१ विमान चढ्नबाट छुटेकी थिइन्।