सम-सामयिक

जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुङ्गाबाट एक जना पक्राउ

ओखलढुङ्गा । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका-६ भदौरे बस्ने २० वर्षीय भुपेन्द्र मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *