
काठमाडौँ । विश्वकै सबैभन्दा धनी एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सामाजिक सञ्जालमा गरेको पोष्टप्रति गल्ति महसुस गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै मस्कले राष्ट्रपति ट्रम्प बारे पोष्ट गरेकोमा आफु पछुताएको उल्लेख गरेका छन् । मस्क र राष्ट्रपति ट्रम्पबीच जुन ५ मा सामाजिक सञ्जाल प्लेटफर्महरूमा गरिएका पोस्टहरूको सिरिजबाट सुरु भएको थियो ।
मस्कले सामाजिक सञ्जालमा अमेरिकाको चर्चित यौनदुर्व्यवहारको प्रकरण जेफ्री एपस्टाइनको फाइलमा डोनाल्ड ट्रम्पको नाम समावेश भएको सनसनीपूर्ण दाबी गरेका थिए ।
यस बीचमा मस्कले ट्रम्पका कैयौं नीतिहरुको विरोध गर्दै व्यक्तिगत आक्रमण समेत शुरु गरेका थिए । त्यसको जवाफमा ट्रम्पले मस्कलाई पागल भन्दै मस्कको कम्पनी स्पेस एक्सको अमेरिकी सरकारसँगको सम्झौता रद्ध गरिदिने चेतावनी दिएका थिए ।