विश्व

अमेरिकी राजदूत भन्छन्- मुस्लिम देशहरूले प्यालेस्टिनी राज्य निर्माण गर्न आफ्नो जमिन दिनुपर्छ

काठमाडौँ । इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबीले ‘मुस्लिम देशहरूले’ प्यालेस्टिनी राज्य निर्माण गर्न आफ्नो केही जमिन त्याग्नुपर्ने सुझाव दिएका छन्।

बीबीसीसँगको एक अन्तर्वार्तामा हुकाबीले मुस्लिम देशहरूले’ प्यालेस्टिनी राज्य निर्माण गर्न आफ्नो केही जमिनदिनुपर्ने बताएका हुन् । उनले भनेका छन्- ‘मुस्लिम देशहरूसँग इजरायलले नियन्त्रित भूमिभन्दा ६४४ गुणा बढी जमिन छ । त्यहाँ कोही हुनुपर्छ जसले भन्नेछ कि हामी प्यालेस्टाइनको लागि यो गर्न चाहन्छौं ।’

अमेरिकी राजदूत हुकाबीले बेलायत, अष्ट्रेलिया लगायत अमेरिकी सहयोगीहरूको पनि कडा आलोचना गरेका छन् । उनीहरूले इजरायली-कब्जा गरिएको पश्चिमी किनारमा ‘प्यालेस्टिनी समुदायहरू विरुद्ध हिंसा भड्काएको’ आरोपमा दुई इजरायली मन्त्रीहरूलाई प्रतिबन्ध लगाएको प्रति आलोचना गरेका हुन् ।

आफ्नो अन्तर्वार्तामा, उनले दुई-राज्य समाधानमा जोड दिँदै यो इजरायल र प्यालेस्टाइन बीचको शान्तिको लागि राम्रो योजना भएको बताउदै यसलाई अमेरिकी प्रशासन लगायत अन्तर्राष्ट्रिय रूपमा पनि समर्थन गरिएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *