देश

पत्रकार दिलभुषण पाठकमाथि पक्राउ पुर्जी जारी

काठमाडौं । युट्युब कार्यक्रममा सार्वजनिक गरेको सामग्रीका कारण सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। साइबर ब्युरोको आग्रहमा अदालतले यस्तो अनुमति दिएको हो।

पाठकले आफ्नो युट्युब शो टफ टक अन्तर्गत टफ एक्स्प्लेनर शृंखलामा कांग्रेस नेता शेरबहादुर देउवाका छोरा जयवीर देउवाले काठमाडौँको नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरेका थिए। यही सामग्रीका कारण उनलाई साइबर अपराधमा उजुरी परेको साइबर ब्युरोले जनाएको छ।

पाठकले जयवीरले होटल शंकर ग्रुपका सञ्चालक शाहिल अग्रवाल र व्यापारी दीपक भट्टसँग मिलेर होटल किनेको आरोप लगाएका थिए। १७ तले होटलको नक्सापास विवादसँग जोडिएको समाचारमा देउवा परिवारको संलग्नता उल्लेख भएपछि प्रहरीको साइबर ब्युरोमा उजुरी परेको थियो। ब्युरोका एक उच्च अधिकृतले बताएअनुसार, ूकपोलकल्पित विवरण प्रसारण गरिएको भन्ने उजुरीका आधारमा पक्राउ पुर्जी जारी गरिएको हो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *