विश्व

अमेरिकी प्रसिद्ध र्‍यापर डिडीमाथि यौन हिंसाको आरोप, अदालतमा बयान जारी

काठमाडौँ । अमेरिकी प्रसिद्ध र्‍यापर र संगीत निर्माता सीन ‘डिडी’ कोम्ब्समाथि उनकी पूर्व प्रेमिकाले हिंसा र जबरजस्ती यौनसम्पर्कको आरोप लगाएकी छिन् ।

सोमबार अदालतमा बयान दिँदै पीडितले २०२४ को एक रात कोम्ब्सले उनलाई आक्रमण गरेको, घाँटी थिचे र अनुहारमा मुक्का हानेको आरोप लगाएकी छन् । यसपछि, एक पुरुष यौनकर्मीलाई बोलाएर उनीसँग ‘फ्रीक-अफ’ जस्तो यौन क्रियाकलाप गर्न बाध्य पारेको आरोप लगाएकी छन् ।

महिलाको पहिचान सार्वजनिक गरिएको छैन । उनी जेनको नामले अदालतमा उपस्थित भइरहेकी छिन् । सुनुवाइको तेस्रो दिन सोमबार उनले जुन १८, २०२४ को रात कोम्ब्ससँग रोमान्टिक साँझ बिताउने योजनामा ​​थिइन्, तर त्यो रात उनको लागि भयानक दिन बन्यो ।

महिलाका अनुसार, कोम्ब्सले उनलाई विश्वासघातको आरोप लगाएपछि रिसाए । उनले लखेदै समाते र भुइँमा फ्याँके, ढोका फुटाए, अनुहारमा मुक्का हानेको बयान दिएकी छन् ।

त्यसपछि उनले एक पुरुष यौनकर्मीलाई बोलाए, उनलाई एक चक्की दिए । यसपछि, कोम्ब्सले उनलाई पीडितसँग जबरजस्ती यौनसम्पर्क गर्न भने । महिलाले विरोध गर्दा, कोम्ब्सले तिमीले मेरो रात यसरी बिगार्ने छैनौ भनेको अदालतमा बताएकी छन् ।

कोम्ब्समाथि पहिले पनि यौन हिंसाको आरोप लगाइएको थियो । नोभेम्बर २०२३ मा, उनकी पूर्व प्रेमिका र प्रसिद्ध गायिका क्यासी (क्यासान्ड्रा भेन्चुरा) ले उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । कोम्ब्सले उनलाई लागूपदार्थको प्रभावमा हप्ताको ‘फ्रीक-अफ’ यौन सत्रहरूमा बाध्य पारेको आरोप लगाएकी थिइन् । कम्ब्सले एकै दिनमा मुद्दा २० मिलियन डलरमा मिलाइ दिएका थिए ।

कम्ब्सले यी सबै आरोपहरू अस्वीकार गरेका छन् । उनीमाथि यौन बेचबिखन र संगठित अपराध जस्ता गम्भीर आरोपहरू छन् । दोषी प्रमाणित भएमा, उनलाई आजीवन कारावासको सजाय हुन सक्छ । जेनको बयान मुद्दाको पाँचौं हप्तामा जारी रहनेछ, र मंगलबार कम्ब्सका वकिलहरूले उनलाई प्रश्न गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *