देश

गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ गर्नेको भीड

दमौली (तनहुँ) ।तापक्रम ३१ डिग्रीसम्म पुगेसँगै गर्मी छल्न देशका विभिन्न ठाउँबाट मानिसहरू त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउन थालेका छन्।

काठमाडौँ, चितवन र पोखराबाट केही घण्टाको दूरीमा रहेको त्रिशूली नदीमा र्‍याफ्टिङका साथै क्लिफ जम्प र स्काइ साइकलिङजस्ता गतिविधिमा सहभागी हुनेको सङ्ख्या बढ्दो छ।

त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेलका अनुसार हाल र्‍याफ्टिङ गर्नेहरू उल्लेख्य रूपमा बढेका छन्। उहाँले यो समय र्‍याफ्टिङका लागि उपयुक्त भएको बताउनुभयो, किनकि वर्षा सुरु भइनसकेकाले नदीमा पानीको बहाव सन्तुलित छ।

बिदामा पारिवारिक तथा साथी समूहसहित त्रिशूली पुगेर साहसिक गतिविधिमा रमाउने र रिसोर्टमा एक रात बिताउनेको संख्या बढेको सञ्चालक कँडेलले जानकारी दिए।

र्‍याफ्टिङ गाइड मिथुन श्रेष्ठका अनुसार त्रिशूली आफैँमा प्रमुख गन्तव्य हो। सहज पहुँच, मध्यम जोखिम र रोमाञ्चक अनुभवका कारण यहाँ सबै उमेर समूहका लागि र्‍याफ्टिङ उपयुक्त रहेको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *