विश्व

भारतको राजस्थानमा नदीमा डुबेर आठ जनाको मृत्यु

काठमाडौँ । भारतको राजस्थानस्थित बनास नदीमा डुबेर आठ जनाको मृत्यु भएको छ ।

पुराना बनास कल्भर्ट नजिकै भएको घटनामा ११ जना युवाहरु पौडी खेल्न गएकोमा ८ जनाको डुबेर मृत्यु भएको र ३ जनाको उद्धार गरिएको जयपुर प्रहरीले जानकारी दिएको छ ।

सो क्षेत्रका विधायक तथा पूर्व उपमुख्यमन्त्री सचिन पाइलटले घुम्न आएका केही जयपुर युवाहरूको बनास नदीमा डुबेर मृत्यु भएको खबर धेरै दुःखद र हृदयविदारक रहेको उल्लेख गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *