खेलकुद

सोमपाल र गुलशन त्रिकोणात्मक टी-२० सिरिजबाट बाहिरिए

काठमाडौँ । सोमपाल कामी र गुलशन झा स्कटल्याण्डमा हुने त्रिकोणात्मक टी-२० सिरिजबाट बाहिरिएका छन् ।

इन्जुरीका कारण सोमपाल र गुलशन आज अहिले जारी नेदरल्याण्डसविरुद्धको खेलमा पनि बाहिर रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमपाल र गुलशन अभ्यासको क्रममा घाइते भएको र टी-२० सिरिज गुमाउने जानकारी दिएको छ ।

नेपालले जारी आइसीसी विश्वकप लिग-२ को सिरिज पछि स्कटल्याण्ड र नेदरल्याण्डससँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ । यो त्रिकोणात्मक टी-२० सिरिज जुन १५ देखि २० जुनसम्म हुदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *