
काठमाडौँ । पानी जहाजमा भएको आगलागीपछि त्यसमा रहेका चिनियाँ नागरिकको उद्धार गरेकोमा चीनले भारतीय नौसेना र मुम्बई तटरक्षकप्रति कृतज्ञता व्यक्त गरेको छ ।
केरला तट नजिकै ‘सिंगापुर झण्डा भएको’ जहाजमा आगलागी भएपछि भारतीय तटरक्षकले उद्धार अभियान सुरु गरेको थियो ।
चिनियाँ दूतावासका प्रवक्ता यु जिङले भनेका छन्- ‘जुन ९ मा, केरलाको अजिककलबाट ४४ समुद्री माइल टाढा एमभी वान हाई ५०३ मा विस्फोट र आगलागी भएको थियो । जहाजमा सवार कुल २२ जना चालक दलका सदस्यहरूमध्ये १४ जना चिनियाँ र ६ जना ताइवानका रहेका थिए ।’
यु जिङले भारतीय नौसेना र मुम्बई तटरक्षकलाई उनीहरूको द्रुत र व्यावसायिक उद्धारको लागि कृतज्ञता व्यक्त गरकी छन् ।