विश्व

मस्कसँग सम्बन्ध सुधार गर्न चाहन्न- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको आफ्नो सम्बन्ध अब समाप्त भएको बताएका छन् ।

एनबीसीसँगको एक अन्तर्वार्तामा ट्रम्पले मस्कसँगको आफ्नो घनिष्ठ सम्बन्ध अब समाप्त भएकोबताएका हुन् । साथै उनले अब मस्कसँग सम्बन्ध सुधार गर्न पनि नचाहेको बताएका छन् ।

ट्रम्पको यो भनाइ सामाजिक सञ्जालमा ट्रम्प र मस्कबीचको टकराव पछि आएको हो । ट्रम्प र मस्कबीचको टकराव मस्कले ट्रम्पको कर र खर्च नीतिको खुलेआम आलोचना गरेपछि शुरु भएको थियो, जुन व्उयक्नतिगत तहसम्कोम पुगेको थियो ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मस्कले अलि कडा प्रतिक्रिया दिएको तर उनी अलि नरम भएमा सबै ठिक हुने बताए । भान्सले ट्रम्पमाथि मस्कको आक्रमण ठूलो गल्ती भएको टिप्पणी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *