विश्व

भारतको उत्तराखण्डमा हेलिकप्टरको सडकमा आपतकालीन अवतरण

काठमाडौँ । भारतको उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टरको सडकमा आपतकालीन अवतरण गरिएको छ । केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको यो हेलिकप्टर पाँच यात्रु लिएर केदारनाथ जाँदै थियो ।

उडान भरेपछि हेलिकप्टरमा प्राविधिक गडबडी पछि पाइलटले यसलाई सडकमा सकुशल अवतरण गराएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

हेलिकप्टरमा रहेका पाँचै यात्रु सुरक्षित रहेका छन् भने पाइलटलाई सामान्य चोट लागेको बताइएको छ ।

आपतकालीन अवतरणको क्रममा सडकमा पार्क गरिएको कार क्षतिग्रस्त भएको छ भने यस घटनाले हेली शटल सेवालाई कुनै असर नपारेको उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *