खेलकुद

वेस्ट इण्डिजविरुद्धको टी-२० सिरिजमा इङल्याण्डको विजयी शुरुवात

काठमाडौँ । इङल्याण्डले वेस्ट इण्डिजविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न सिरिजको पहिलो खेलमा इङल्याण्डले वेस्ट इण्डिजलाई २१ रनले पराजित गरेको हो ।

इङल्याण्डले दिएको १८९ रनको लक्ष्य पछाएको वेस्ट इण्डिजले २० ओभरमा ९ विकेट गुमाउदै १६७ रन मात्र बनाएको थियो ।

वेस्ट इण्डिजका लागि एभिन लेविसले सर्बाधिक ३८ रन बनाए भने रोस्टन चेजले २४ रन बनाएका थिए । इङल्याण्डका बलर लियाम डसनले सर्बाधिक ४ विकेट लिए भने म्याथ्यु पोट्स र ज्याकोब बेथेलले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले जोस बटलरको ९६ रन र जामे स्मिथको ३८ रनको मद्धतले २० ओभरमा ६ विकेट गुमाउदै १८८ रन बनाएको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा इङल्याण्ड १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल आइतबार हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *