काठमाडौँ । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरिरहेकै अवस्थामा आज बैठक शुरु भएको छ ।
आजको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले बैठक अवरोध गरेका छन् । विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसदको बैठक अवरोध नगर्न आग्रह गरिरहेका छन् ।
यस अघि जेठ २० गतेदेखि संसदको बैठक अवरोध रहेको छ ।




