देश

प्रतिनिधि सभाको बैठक साढे ३ बजेसम्मका लागि सारियो

काठमाडौँ । प्रतिनिधि सभाको बैठक अझै संचालन हुन सकेको छैन ।

विपक्षी दलहरुसँग संसदको अवरोध खुलाउने विषयमा छलफल जारी रहेकाले सभामुख देवराज घिमिरेले साढे ३ बजेसम्मका लागि बैठक सारेका छन् ।

यस अघि आज बैठक १ बजेदेखि शुरु हुने भनिएको थियो । गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै विपक्षी दलहरुले राजीनामाको माग गर्दै संसद अवरोध गर्दा २० गतेदेखि नै संसदको बैठक बस्न सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *