विश्व

अपहरणमा परेका दुई इजरायली बन्धकहरूको शव गाजाबाट बरामद

काठमाडौँ । इजरायली सेनाले गाजाबाट दुई अमेरिकी मूलका इजरायली बन्धकहरूको शव बरामद गरेको बताएको छ ।

७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमणको क्रममा हमासले उनीहरू दुवैलाई बन्धक बनाएको थियो ।

इजरायलले हमासको अपहरणमा परेकी ७० वर्षीया जुडी वाइनस्टाइन हाग्गाई, जो एक क्यानेडियन नागरिक पनि थिइन् र उनका पति ७२ वर्षीय गादी हाग्गाईलाई किबुट्ज निर ओजमा भएको आक्रमणमा मुजाहिद्दीन ब्रिगेड समूहका बन्दुकधारीहरूले मारेका थिए ।

उनीहरूको शव गाजाको दक्षिणी खान युनिस क्षेत्रबाट बरामद गरिएको थियो र फोरेन्सिक पहिचानको लागि इजरायल फिर्ता ल्याइएको थियो ।

गाजामा अझै पनि ५६ जना हमासले बन्धक बनाएका छन्, जसमध्ये कम्तिमा २० जना जीवित रहेको अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *