मुख्य समाचार

एकीकृत समाजवादीको आरोप – ओलीको निर्देशनमा पूर्वाग्रहपूर्ण मुद्दा दर्ता गरियो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दर्ता गरिएको भ्रष्टाचार मुद्दालाई राजनीतिक पूर्वाग्रहसँग जोडेको बताएकाे छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले उक्त मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा दर्ता गरिएको दाबी गरेका छन्। उनका अनुसार अख्तियारले यसअघि मुद्दा नचलाउने निर्णय गरिसकेको अवस्थामा अब आएर पुनः मुद्दा दर्ता गर्नु नियोजित कदम हो।

“अख्तियारले यसअघि चिठी दिएर मुद्दा नचलाउने स्पष्ट गरिसकेको थियो, अहिले तामेलीमा राखिएको केस निकालेर किन दर्ता गरियोरु” पाण्डेले प्रश्न गर्दै भने, “यो सबै ओलीजीकै निर्देशनमा भएको हो।”

भ्रष्टाचार मुद्दा दर्ता भएसँगै माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। पार्टीले यस विषयमा बैठक बसेर थप धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। एकीकृत समाजवादीले यो मुद्दालाई विपक्षी नेताविरुद्धको सत्ता प्रयोगको उदाहरणका रूपमा लिँदै न्यायिक निष्पक्षताको गम्भीर प्रश्न उठाएको छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *