खेलकुद

नेपाल आइसीसीको डेभलपमेन्ट अवार्डमा दुई विधामा मनोनयनमा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) आइसीसी डेभलपमेन्ट अवार्ड २०२४ को दुई विधाको अवार्डको मनोनयनमा परेको छ ।

आइसीसीले बुधबार सार्बजनिक गरेको आइसीसी डेभलपमेन्ट अवार्ड २०२४ को मनोनयनमा नेपाल दुई विधामा मनोनित भएको छ ।

नेपाल आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर विधा र आइसीसी एक्स रेक्सोना क्रियो फेस्टिवल अफ द इयर विधामा मनोनित भएको छ ।

नेपाले यसअघि २०२३ को आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड जितेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *