खेलकुद

क्यानको फ्यानलाई आग्रह- खेल अघि वा पछि मैदानमा प्रवेश नगर्नु !

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट फ्यानहरुलाई मैदानमा प्रवेश नगर्न आग्रह गरेको छ ।

क्यानले स्कटल्याण्डमा जारी आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ को स्कटल्याण्डविरुद्धको खेलपछि नेपाली क्रिकेट फ्यानहरु मैदानभित्र पसेर खुशियाली मनाएपछि यस्तो अनुरोध गरेको हो ।

क्यानले सबैको सुरक्षा र अन्तर्राष्ट्रिय कहल्को नियम अनुसार सबै नेपाली क्रिकेट प्रेमीलाई खेल अघि र खेल पछि मैदानमा प्रवेश नगर्न अनुरोध गरेको छ । साथै क्यानले नेपाली क्रिकेट प्रेमीको खेल प्रतिको माया र लगावको स्तर अझ उच्च बनाउन समेत आग्रह गरेको छ ।

लिग-२ अन्तर्गत नेपालले आज नेदरल्याण्डसविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार ३: ४५ बजेदेखि शुरु हुदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *