खेलकुद

युइएफए नेसन्स लिगको सेमिफाइनलमा जर्मनी र पोर्चुगल भिड्दै

काठमाडौँ । युइएफए नेसन्स लिगको सेमिफाइनलका खेल आज रातिदेखि शुरु हुदै छन् । नेसन्स लिगको सेमिफाइनलमा जर्मनी, पोर्चुगल, स्पेन र फ्रान्स पुगेका छन् ।

जसमा आज राति पहिलो सेमिफाइनलमा जर्मनी र पोर्चुगल आमने सामने हुदैछन् । जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा हुने यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुदैछ ।

त्यस्तै दोस्रो सेमिफाइनलमा विहिबार राति स्पेन र फ्रान्स खेल्दैछन् । यो खेल जर्मनीको स्टुटगार्टस्थित एमएचपी एरिनामा हुने छ ।

युइएफए नेसन्स लिगको फाइनल खेल ८ जुनमा म्युनिखमा हुने छ ।

युइएफए नेसन्स लिगको यो चौथो सिजन हो । नेसन्स लिगको पहिलो सिजन पोर्चुगलले जितेको थियो भने दोस्रो सिजन फ्रान्स र तेस्रो सिजन स्पेनले जितेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *