गण्डकी प्रदेश

राइड सेयरिङ नियमावली एक महिनाका स्थगित गर्ने गण्डकी प्रदेशको निर्णय

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नयाँ नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ। केन्द्र सरकारको निर्देशनपछि मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले यस्तो निर्णय गरेको जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मङ्गलबार गण्डकी सरकारलाई नियमावली रोक्न पत्र पठाएको थियो। सो पत्रपछि मुख्यमन्त्री पाण्डेले सम्बन्धित मन्त्री र पदाधिकारीहरूसँग छलफल गरेका थिए।

छलफलपछि नियमावली कार्यान्वयन तत्काल स्थगित गर्दै यातायात व्यवसायीसँग वार्ता गर्न प्रदेश सरकार तयार भएको मुख्यमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए।

यातायात व्यवसायीहरू राइड सेयरिङ नियमावलीको विरोधमा आन्दोलनरत रहेका बेला प्रदेश सरकारको यो निर्णयलाई सम्वादको बाटो खोल्ने प्रयासका रूपमा हेरिएको छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *