खेलकुद

११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको शुरुवात

काठमाडौँ । ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको शुरुवात भएको छ ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

नेपाल गल्फ संघको आयोजनामा गोकर्ण गल्फ क्लबमा भइरहेको प्रतियोगितामा नेपाल सहित दक्षिण एसियाका बङलादेश, भुटान, श्रीलंका र भारतका गरी कुल पाँच राष्ट्रको सहभागिता रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *