देश

नेपाली सेनाको प्रवक्तामा राजाराम बस्नेत, गौरव केसीको सरुवा

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजाराम बस्नेत नियुक्त भएका छन्। उनी गौरव कुमार केसीको स्थानमा आएका हुन्, जसलाई पूर्वी पृतना मुख्यालय इटहरीमा सरुवा गरिएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार एक कार्यक्रम आयोजना गरी प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरिएको जानकारी दिएको छ।

नयाँ प्रवक्ता बस्नेतले अबदेखि नेपाली सेनासँग सम्बन्धित सूचना तथा जनसम्पर्कको जिम्मा सम्हाल्नेछन्। पूर्व प्रवक्ता केसीले यसअघि विभिन्न सञ्चार माध्यममार्फत नेपाली सेनाको नीति, योजना र गतिविधिबारे जानकारी दिने भूमिका निर्वाह गरेका थिए।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *