खेलकुद

कांस्य पदक विजेता एरिका नेपाल आइपुगिन्, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । कराँते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी नेपाली कराँते खेलाडी एरिका गुरुङ मंगलबार काठमाडौं आइपुगेकी छन्।

एरिकाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो। उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, कोषाध्यक्ष कपशोर भट्टराईसहित नेसनल कराँते टिमका सम्पूर्ण खेलाडीहरूले स्वागत गरेका थिए।

मोरक्कोको राबातमा सम्पन्न प्रिमियर लिगमा एरिकाले फ्रान्सकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक हात पारेकी हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *