खेलकुद

कराते १ प्रिमियर लिगमा एरिकाले जितिन् ऐतिहासिक कांस्य पदक

काठमाडौँ । नेपालकी कराते खेलाडी एरिका गुरुङले विश्व करातेको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता कराते १ प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जित्न सफल भएकी छन् ।

६८ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै एरिकाले फ्रान्सकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी हुन् । एरिका गुरुङले कराते १ प्रिमियर लिगमा नेपालको पहिलो सहभागितामै ऐतिहासिक पदक जितेर नेपालको गौरव बढाएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *