खेलकुद

विश्वकप लिग २ : नेपाललाई स्कटल्यान्डको चुनौती, २९७ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डले नेपाललाई २९७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्यान्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रनको योगफल तयार गर्‍यो।

घरेलु टोली स्कटल्यान्डका ओपनर चार्ली टियरले उत्कृष्ट प्रदर्शन गर्दै ८० रन बनाए। उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरेका थिए। अन्य योगदान दिने खेलाडीमा फिनले म्याकक्रियाथले ५५ रन, कप्तान रिची बेरिंटनले ४० रन र म्याथ्यू क्रसले ३९ रन बनाए।

नेपालका लागि बलिङतर्फ रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २–२ विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट हात पारे। त्रिकोणात्मक सिरिजमा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन्। नेपालले अब दोस्रो खेल बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। सिरिजको प्रत्येक खेल नेपालका लागि विश्वकप छनोटको सन्दर्भमा महत्वपूर्ण मानिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *