देश

पर्यटक सवारीसाधनलाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

गण्डकी।पोखरा पर्यटन परिषद्ले पर्यटक सवारीसाधनहरूलाई निर्वाध रूपमा सञ्चालन गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ।

परिषद्का अध्यक्ष तारानाथ पहारीले आज जारी गरेको विज्ञप्तिमा, पर्यटन राजधानी पोखरा र गण्डकी प्रदेशमा हालै पर्यटक सवारीसाधनहरूको सञ्चालनमा भएका अवरोधप्रति ध्यानाकर्षण गर्दै, बन्द हड्तालका क्रममा पनि पर्यटक सवारीसाधनहरूलाई सहज रूपमा सञ्चालन गर्न सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति र सबै सरोकारवालासँग आग्रह गरिएको छ।

यस्ता अवरोधहरूले गण्डकी प्रदेशको समग्र पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पर्ने र आन्तरिक तथा बाह्य पर्यटकहरूमा खराब सन्देश जाने खतरा बढ्ने विज्ञप्तिमा उल्लेख छ। पर्यटन क्षेत्र नेपालको समृद्धिको मुख्य आधारमध्ये एक भएको र यसलाई व्यवस्थित तथा सुरक्षित बनाउनु सबै सरोकारवालाको साझा जिम्मेवारी रहेको भनिएको छ।

बन्द हड्ताल नै समस्या समाधान नभएको भन्दै परिषद्ले सबै सरोकारवालालाई शान्तिपूर्ण, व्यवस्थित र पर्यटकमैत्री वातावरण निर्माण गर्न गम्भीर ध्यानाकर्षण सहित आग्रह गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *