विश्व

अमेरिकाले पठायो इरानलाई आणविक सम्झौताको प्रस्ताव

काठमाडौँ । अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानका विदेशमन्त्री बद्र बिन हम्माद अल-बुसैदीसँग तेहरानमा भएको भेटघाटको क्रममा अमेरिकी प्रस्तावका केही महत्त्वपूर्ण बुँदाहरू पाएको बताएका हुन् ।

यो प्रस्ताव त्यस्तो समयमा आएको हो जब संयुक्त राष्ट्रसंघको आणविक एजेन्सीले आफ्नो प्रतिवेदनमा इरानले आणविक हतियार बनाउन प्रयोग गरिने युरेनियमलाई बढी मात्रामा समृद्ध गर्न थालेको सार्बजनिक गरेको छ ।

ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले यो सम्झौता स्वीकार गर्नु इरानको हितमा हुने प्रतिक्रिया दिएकी छन् । उनले भनिन्- ‘राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा भनेका छन् कि इरानलाई कहिल्यै आणविक बम बनाउन दिइने छैन ।’

लेभिटले यो प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पका मध्य पूर्वका लागि विशेष दूत स्टीव विटकफले तयार पारेको पनि बताइन् ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले आफ्नो देशको सिद्धान्त, जनताको हित र अधिकारलाई ध्यानमा राखेर यस प्रस्तावको जवाफ दिने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *