खेलकुद

पिएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिगको पहिलो पटक उपाधि जितेको छ।

इन्टर मिलानलाई बुधवार ५-० ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो ।

फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी,ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरे।

हाकिमीले १२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। डुवेले २० औं मिनेटमा गोल गरे ।

डुवेले ६३ औं मिनेटमा अर्को गोल थपे । त्यसको १० मिनेटपछि क्वारात्स्खेलिया काउन्टर अट्याकबाट गोल गर्दै टोलीको अग्रतालाई‌ फराकिलो बनाए ।

मायुलुले ८६ औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरे। उनले मैदान प्रवेश गरेको ३ मिनेटपछि गोल गरेका हुन्। इन्टरले खेलभर खासै आक्रमण गर्न सकेन ।

लुइस एररिकेको पिएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई‌ र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।

यसअघिको सन् २०२० मा पिएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो। त्यति बेला टोली बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *