देश

पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा सधैँ किराँत समुदायसँगै छु : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सधैँ किराँत समुदायसँगै रहेको बताएका छन् ।

कोइरालाले नेपाली कांग्रेसले सधैँ द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने समेत प्रष्ट पारे ।संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको समेत सुनाए ।

तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरूको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको ‘तुवाचुङ् डे’लाई उद्घाटन गर्दै कोइरालाले हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचीकृत गर्न आफूले सक्दो पहल गर्ने समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *