दोलखा ।कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकार सुनिश्चित गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
दोलखाको चरिकोटमा शनिबारदेखि सुरु बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गर्दै नेता सिटौलाले सबै दलको सहमतिमा संविधान संशोधन भएरै छाड्ने दाबी गरे । ‘देशको हितका लागि सबै दल एकजुट हुनपर्ने बेला आएको छ,’ उनले भने, ‘दलहरुमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो, तर जनतको अधिकार सुनिश्चित गर्न सबै एक टाउँमा आउनुपर्छ ।’
देशको अर्थतन्त्र अझै सुधार हुन नसकेको उनले बताए । सीमित स्रोत, साधन परिचालन गरेर पनि जनताको माग सम्बोधन हुनुपर्नेमा उनले जोड दिए ।शनिबारै नेता सिटौलाले कांग्रेस दोलखाको पार्टी कार्यालय बीपी प्रतिष्ठानको नयाँ बन्ने भवनको शिलान्यास गरेका छन् ।
बागमती प्रदेशको खेलकुद बजेट दोब्बरले बढ्छ : मन्त्री काफ्ले
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेशको खेलकुद बजेट दोब्बरले बढ्ने बताएका छन् ।
चरिकोटमा शनिबारदेखि सुरु बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले प्रदेश सरकारले खेलकुदमा लगानी बढाउने बताएका हुन् । ‘बागमती प्रदेश सरकारले गएको वर्षभन्दा दोब्बर लगानी खेलकुदमा गर्नेगरी बजेटको तयारी गरेको छ,’ उनले भने, ‘म अरु केही बोल्दिनँ तर प्रदेश सरकारले यो पटक खेलकुदमा गएको वर्षभन्दा दोब्बर बजेट बढाउने प्रतिबद्धता गर्छु ।




