देश

स्वास्थ्य मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड विनियोजन, सेवा विस्तारमा जोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम स्वास्थ्य सेवा विस्तार, पूर्वाधार विकास र गुणस्तरीय उपचार प्रणालीमा केन्द्रित हुने बताए।

बजेटले सार्वजनिकीकरण, पहुँच वृद्धि, मातृशिशु स्वास्थ्य, रोग नियन्त्रण कार्यक्रम, औषधि आपूर्ति, र डिजिटल स्वास्थ्य सेवा प्रवर्द्धनलाई प्राथमिकता दिएको संकेत दिइएको छ। सरकारले बजेटमार्फत ग्रामीण भेगसम्म स्वास्थ्य सेवा पुर्‍याउने, जनशक्ति वृद्धि गर्ने र औषधि तथा उपकरणमा आत्मनिर्भरता बढाउने योजना लिएको छ। बजेटले सार्वजनिक स्वास्थ्यको क्षेत्रलाई मजबुत बनाउने दिशामा रणनीतिक पहल हुने अपेक्षा गरिएको छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *