खेलकुद

म्यानचेस्टर युनाइटेड असियन अल स्टार्ससँग पराजित

काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले हारबाट प्रि सिजन टुरको सुरुआत गरेको छ ।

मे बैंक च्यालेन्ज कपमा बुधबार पाहुना टोली युनाइटेड असियन अल स्टार्ससँग १–० ले पराजित भयो ।

 

मलेसियाको क्वालालाम्पुरस्थित नेसनल बुकित जलिल रंगशालामा  सम्पन्न खेलमा माउङ माउङ ल्विनले गरेको एकमात्र गोल असियनलाई जित दिलाउन पर्याप्त बन्यो ।

 

ल्विनले ७२औं मिनेटमा गोल गरेका थिए । उनले एड्रियन सेगेसिकको पासलाई पोस्टको दिशा दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *