मेराविरुद्ध नियोजित षड्यन्त्रपूर्ण आक्रमण भयो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूविद्धद्ध नियोजित रुपमा षड्यन्त्रपूर्ण आक्रमण भइरहेको बताएका छन्। संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूविरुद्धको आक्रमण पूर्वाग्रहपूर्ण रहेको टिप्पणी गरेका हुन्। ‘मेराविरुद्धको आक्रमण नियोजित छ, राजनीतिक पूर्वाग्रहले प्रेरित छ। षडयन्त्रपूर्ण क्रम जारी रहेको मैले महसुस गरेको छु,’ उनले भने।