देश

न्युजील्याण्डका उपप्रधानमन्त्री पिटर्स काठमाडौँमा, कूटनीतिक भेटवार्ता हुँदै

काठमाडौँ । न्युजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारीक भ्रमणमा काठमाडौँ आइपुगेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेशमन्त्री पिटर्सलाई परराष्ट्र सचिव अमृत बहादुर राईले स्वागत गरेका छन् ।

भ्रमणको क्रममा, पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । त्यस्तै, उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्रले जानकारी दिएको छ ।

न्युजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीको यो नेपालको पहिलो भ्रमण समेत हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *