देश

संसद खुलाउन ओलीको कूटनीति असफल, प्रचण्डले राखे कडा सर्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग फोनवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गर्दै संसदको अवरोध हटाउन आग्रह गरेका थिए । जवाफमा प्रचण्डले गृहमन्त्रीको राजीनामा नआएसम्म सदनको अवरोध नखोल्ने बटमलाईन रहेको स्पष्ट गरेको माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जानकारी दिएका छन् ।

प्रचण्डले गृहमन्त्रीको राजीनामा गराएर सदनमा जानकारी गराउन जवाफ दिएका थिए । तर प्रधानन्त्री ओलीले भने गृहमन्त्रीले संसदमा जवाफ दिने बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *