देश

निजामती विधेयकमा असन्तुष्टि जनाउँदै मन्त्रलयमा कर्मचारीको धर्ना

काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानमाथि असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरुले आइतबार मन्त्रालयमा धर्ना दिएका हुन् ।

सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ५ बर्ष राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई एकपटकका लागि समायोजका लागि छनौटको अवसर दिनुपर्ने उनीहरुको माग छ ।

त्यस्तै उनीहरुले स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग गरेका छन् ।

आफूहरुको माग सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *