मुख्य समाचार

‘जनताको अधिकारको नाममा नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता’

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन् ।

शनिवार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व.खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनताको अधिकारका नाममा समाज विकासका लागि महत्वपूर्ण प्रभाव खेल्नसक्ने व्यक्तिहरूमाथि गोली प्रहार गर्नु तत्कालीन समयमा माओवादीको हिंसाको चरम कायरताको चिन्ह भएको बताए । त्यस प्रकारका घटनाहरूबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको महसुस गर्ने गरेको उल्लेख गरे ।

 

नेता सिटौलाले भने ‘जनताको अधिकारको लागि जिल्लामा जनताको अधिकारको लागि, समाज विकासको लागि महत्वपूर्ण प्रभाव खेल्नसक्ने मानिसमाथि उनीहरूको गोली प्रहार माओवादीको हिंसाको चरम कायरताको चिन्ह थियो त्यसबेला । यस्ता प्रकृतिका घटनाहरूबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको रियलाइज पनि गर्दछन् । कतिपय ठाउँमा गल्ती भएको छ भन्छन् । कति हृदयदेखि भन्छन् । कति हाम्रो सामुन्ने कुरा गर्दछन् । तर जे होस्, पञ्चायत कालदेखि जनताको अधिकारको लागि नेपाली काँग्रेस संगठित भएर लागेको छ ।’

नेता सिटौलाले स्व। रेग्मीले काँग्रेस पार्टी निर्माणमा पारेको प्रभाव र संगठन निर्माणमा देखाएको बाटोमा हिँड्न सके मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *