काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चमत्कारीक ढंगबाट गरिबी घटेको बताएका छन्।
शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आएको बताए।
उनले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्य रुपमा भएको बताए।
प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको विकासको आकंक्षा रहेको र त्यसको भोक जगाउन सफल भएको बताए।
महामन्त्री थापाले भने, “प्रजातन्त्र आयो, विकासको एउटा नयाँ लहर आयो। त्यसले भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास भयो। मानव विकासमा पनि माथि बढ्यौँ। प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको विकासको आकंक्षा पनि जगायौँ। त्यो २०–२५ वर्ष पछाडि अहिले २०८१ सालमा आइपुग्दै गर्दा हिजो हातमुख जोड्न पनि गाह्रो भएको परिवारले आज कहाँ पुगेको छ भने एक तह माथि उठेको छ। नेपाल संसारका ति थोरै देशहरुमध्ये पर्दछ। जसले गएको २०–२५ वर्षमा चमत्कारीक ढंगबाट आफ्नो देशको गरिबी घटाएको छ। अब त्यो परिवारका मान्छेले कसैले १०, कसैले ११, कसैले १२ पढेको छ। आम्दानी बढाउन अब स्वभाविक चाहन्छ।”
महामन्त्री थापाले नेपालको अर्थतन्त्र ठिक ढंगबाट अघि बढ्न नसकेको बताए।




