विश्व

मुठभेडमा मारिए भारतीय माओवादी महासचिव नाम्बाला केशव राव

काठमाडौँ । भारतको छत्तीसगढ राज्यस्थित नारायणपुर जिल्लाको अबुजमद जंगलमा सुरक्षाकर्मी र माओवादीबीच भएको मुठभेडमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नाम्बाला केशव राव मारिएका छन्।

बुधबार बिहान भएको मुठभेडमा रावसहित २६ जना माओवादी लडाकुहरू मारिएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ‘द वायर’ का अनुसार, यो कारबाहीलाई भारतीय अधिकारीहरूले नक्सलवादविरुद्ध अहिलेसम्मकै ठूलो उपलब्धि भनेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह ले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत राव मारिएको पुष्टि गर्दै सुरक्षा फौजको सफलताप्रति गौरव व्यक्त गरेका छन्।

मुठभेडमा केही सुरक्षाकर्मी घाइते भएका छन्। उनीहरूको अवस्था स्थिर रहेको र उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ।

सुरक्षाकर्मीले जंगलबाट ठूलो मात्रामा हतियार बरामद गरेको छ। माओवादी पक्षले घटनाको निन्दा गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *