काठमाडौँ । टोटनह्यामले युइएफए युरोपा लिगको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै यस सिजनको युरोपा लिगको उपाधि जितेको हो ।
टोटनह्यामको जितमा खेलको ४२औ मिनेटमा ब्रेननान जोन्सनले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो ।
टोटनह्यामले आफ्नो क्लबको इतिहासमा तेस्रो पटक युरोपा लिग जितेको छ । यस अघि १९७२ र १९८४ मा यो उपाधि जितेको थियो ।
यो जितपछि टोटनह्याम आगामी सिजनका लागि च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
त्यस्तै २०१७ मा युरोपा लिग जितेको म्यानचेस्टर युनाइटेड भने २०२१ पछि दोस्रो पटक उपविजेता बनेको छ ।




