खेलकुद

बंगालदेशविरुद्ध युएईको लगातार दोस्रो जित, टी-२० सिरिजमा कब्जा

काठमाडौँ । युएईले बंगालदेशविरुद्धको टी-२० सिरिज जितेको छ ।

गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा ७ विकेटको जित हासिल गर्दै सिरिज २-१ ले जितेको हो ।

बंगलादेशले दिएको १६३ रनको लक्ष्य पछाएको युएईले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

युएईको जितमा आलिशान शाराफुले अविजित ६८ रन बनाए भने असिफ खानले ४१ र मुहमद जोहैबले २९ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउदै १६२ रन बनाएको थियो । बंगलादेशका लागि जाकर अलीले ४१, तानजिद हसनले ४० र हसन महमुदले अविजित २६ रन बनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *