
बागमती। बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। यस बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले चलचित्रसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए।
बैठकमा प्रदेशसभाअन्तर्गतका विभिन्न विषयगत समितिबाट पारित भएका अन्य चारवटा विधेयकका प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची छ।
चालु प्रदेशसभा अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट पारित गर्नेछ।