
काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले आइतबार यस्तो आदेश दिएको हो।
यादवलाई ठगी र आपराधिक विश्वासघातको आरोपमा डा। शरदसिंह यादवले उजुरी दिएका थिए। सोही उजुरीको आधारमा प्रहरीले उनलाई वैशाख ७ गते सप्तरीको राजविराजबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।
अदालतको आदेशपछि यादव अहिले रिहा भइसकेका छन्।