गण्डकी प्रदेश

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी। गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले यही जेठ ११ गते आइतबार दिउँसो २:०० बजेदेखि सुरु हुनेगरी प्रदेशसभा बैठक आह्वान गरेका हुन्।

प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते आइतबार दिउँसो २:०० बजेदेखि प्रदेशसभा भवनमा बैठक आरम्भ हुनेगरी आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *