देश

रवि लामिछानेको रिट फेरि ‘हेर्न नमिल्ने’ इजलासमा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा आज पनि ‘हेर्न नमिल्ने’ इजलासमा परेको छ।

गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन्। उक्त रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा परेको हो। आइतबार पनि यही इजलासमा पेसी तोकिएको थियो।

तर न्यायाधीश सुनीलकुमार पोखरेलले लामिछानेको विगतको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा वकालत गरिसकेकाले यसअघि पनि उनको इजलास ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो। सोही कारण रिटमाथि आज पनि सुनुवाइ हुन सकेन।

यसैबीच, सुप्रिम सहकारीविरुद्ध लामिछाने र छविलाल जोशीले उच्च अदालत तुल्सीपुरको आदेशविरुद्ध ७३ नम्बर निवेदन दायर गरेका छन्। तर जोशीको रिट पनि ‘हेर्न नमिल्ने’ इजलासमै परेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *